Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

जेनजीले मलाई रुचाए, सरकारको नेतृत्व लिन तयार छु : सुशीला कार्की

जेनजीले मलाई रुचाए, सरकारको नेतृत्व लिन तयार छु : सुशीला कार्की

काठमाडौँ : पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले जेनजी पुस्ताले आफूलाई अत्यधिक रुचाएकाले सरकारको नेतृत्व लिन तयार रहेको बताएकी छिन् । भारतीय मिडिया न्युज-१८ को कुराकानीमा उनले जेनजी आन्दोलनपछिको परिस्थितिमा चुनावी सरकारको नेतृत्व गर्ने आफू तयार रहेको बताएकी हुन् ।

‘उनीहरूले मलाई भने । मलाई विश्वास गरे । म छोटो समय सरकार चलाउन सक्छु । चुनाव गराउँछु । मैले स्वीकार गरेँ,’ उनले भनिन् । साथै कार्कीले आन्दोलनका क्रममा ज्यान गुमाएका जेनजी युवाप्रति श्रद्धाञ्जली दिँदै उनीहरुका अभिभावकको मागलाई सम्बोधन गर्ने पनि बताइन् । उनले पहिलो चरणमा भ्रष्टाचार नियन्त्रण गर्ने कार्य सुरु गर्ने बताएकी छिन् ।

‘उनीहरूसँग मैले अन्तिम वार्ता गरेको छैन । विद्यार्थीहरूको मागअनुसार मलाई अत्यधिक भोट गरे । हामी उनीहरूको सहयोगमा सफल हुन्छौँ,’ उनले भनिन् । उनले सर्वोच्च अदालत, सिंहदरबार र सबै सरकारी भवन जलेको बताइन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij