काठमाडौँ : रास्वपा सभापति रवि लामिछानेले आफू अब बन्ने सरकारको नेतृत्वको दौडमा रहेको स्पष्ट पारेका छन् । हिजो मंगलबार नक्खु कारागारबाट रिहा भएर आएका लामिछानेले बुधबार सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै यस्तो बताएका छन् ।
उनले भने, 'न्यायिक निकायहरूलाई जानकारी गराइसकेको छु । म सरकार बनाउने सरकारमा जाने कुनै पनि दौडमा छैन, मैले कसैसँग कतै बैठक गरेको छैन । मेरो नाममा कसैले विवाद गर्न जरुरी छैन ।'
उनले आफू यो रेसमा नभएको भनेर धेरै पटक जानकारी गराइसकेको पनि बताए । 'रेसमा नआओस भनेर डिफेन्स गर्न पर्दैन, म यो रेसमा छँदै छैन, यो देश रहनुपर्छ, लोकतन्त्र रहनुपर्छ ।' साथै आफूले आफ्नो मुद्दा कानुनी रूपमा लडिरहेको पनि उनले बताए । लामिछानेले बुँदा बुँदामा आफूबारे स्पष्टीकरण दिएका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij