Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

अछाम कारागारमा कैदीको आन्दोलनले तनाव, तोडफोडपछि जिल्लाभर निशेधाज्ञा जारी

अछाम कारागारमा कैदीको आन्दोलनले तनाव, तोडफोडपछि जिल्लाभर निशेधाज्ञा जारी

अछाम : कैद मुक्तको माग गर्दै अछाम कारागारका कैदीहरूले आन्दोलन गरेपछि केही घण्टा अछाम कारागार तनावग्रस्त भएको छ । कारागारमा रहेका कैदीबन्दीले बिहानैबाट दिउँसोसम्म आफूलाई जेल बाहिर जान दिनपर्ने भन्दै कारागारभित्र माग राखेर आगजनीको प्रयास गरेकोले तनावग्रस्त भएको बताइएको छ ।

कारागारमा तनाव भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले चारैतिर कडा सुरक्षा व्यवस्था मिलाएका छन् । "अहिले शान्त छ, केही छैन",  कारागार अछामका जेलर इन्द्र चौधरीले जानकारी दिनुभयो ।

जेन्जीको नाममा अछाममा मंगलबार नेपाली काँग्रेस, नेकपा (एमाले) र मंगलसेन नगरपालिकामा तोडफोड गरिएको छ  । एमाले पार्टी कार्यालयमा तोडफोडपछि आगजनी गर्ने क्रममा सुरक्षाकर्मीले हस्तक्षेप गरेका थिए । आन्दोलनकर्ताले बजारभर नाराबाजी गरेर बीच बजारमा टायर समेत बालेका थिए ।

बुधबार आन्दोलनमा हुनसक्ने क्षतिलाई न्यूनिकरण गर्न जिल्ला प्रशासन कार्यालय अछामले बिहीबार बिहानसम्मका लागि जिल्लामा निशाध्याज्ञा जारी गरिएको छ । सरमुकाम सहितका अन्य स्थानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij