दाङ : दाङस्थित तुलसीपुर कारागारबाट मङ्गलबार साँझ सामूहिकरूपमा कैदी भागेपछि सनसनीपूर्ण अवस्था सिर्जना भएको छ। साँझ साढे ५ बजेतिर कारागारको ‘ख’ ब्लकमा रहेका १२४ जना कैदीबन्दीले मूल गेटमा तोडफोड गर्दै कारागारबाट भागेका हुन्।
कारागार प्रशासनका अनुसार, १७९ जना कैदीबन्दी राखिएको ‘ख’ ब्लकबाट १२४ जना बाहिरिएपछि हाल ५५ जना मात्र सो ब्लकमा रहेका छन्। कुल ४६९ कैदीबन्दी रहेको तुलसीपुर कारागारमा हाल ३४५ जना मात्रै बाँकी रहेको कारागार प्रशासक गिरबहादुर सेजुवालले जानकारी दिनुभयो।
उहाँका अनुसार कैदीबन्दीहरूले 'नख्खु जेलबाट सबै निस्किसके, हामीलाई मात्रै किन थुन्ने' भन्दै असन्तुष्टि जनाउँदै आन्दोलनको रूप लिएको र त्यसै क्रममा मूल गेटमा तोडफोड गरी बाहिरिएको बताउनुभयो।
स्थिति नियन्त्रणमा ल्याउन नेपाल प्रहरीले हवाई फायरसमेत गरेको थियो भने नेपाली सेनाको सहयोगमा केही फरार कैदीलाई पुनः नियन्त्रणमा लिइएको छ।
सुरक्षा व्यवस्था कडा पारिएको र बाँकी फरार कैदीको खोजी तीव्र रूपमा भइरहेको प्रशासनले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij