Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

राष्ट्रपति र सेनासँग वार्ताका लागि जेनजी समूहमा छलफल, भर्चुअल बैठक तयारीमा

राष्ट्रपति र सेनासँग वार्ताका लागि जेनजी समूहमा छलफल, भर्चुअल बैठक तयारीमा

काठमाडौँ :  राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली सेनासँग वार्ताका लागि जेनजी समूहले वार्ता समिति बनाउन छलफल गरिरहेको छ ।

जेनजी समूहका एक सदस्यका अनुसार तीन हजारभन्दा बढीको सहभागिता रहेको भर्चुअल बैठकमा वार्ता टोली गठन गर्ने विषयमा छलफल भइरहेको हो ।

राष्ट्रपति पौडेल र नेपाली सेनाले मंगलबार साँझ छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै वार्ताका लागि आह्वान गरेका थिए ।

जेनजीहरूको बैठकले वार्तामा आफूहरूले राख्ने एजेन्डाबारे पनि कुराकानी गरिरहेका जेनजी समूहका ती सदस्यले बताए । भर्चुअल बैठकमा वार्तामा कसरी प्रस्तुत हुने, शासकीय स्वरूप कस्तो बनाउने एजेन्डा वार्तामा लैजाने, शासन अवधि कति वर्षीय हुने लगायत विषयमा छलफल भइरहेको स्रोतले बतायो ।

बैठकले वार्ता टोलीको नेतृत्व कसले गर्ने र कति जना जाने भन्ने विषय टुङ्ग्याउने बताइएको छ । त्यसपछि औपचारिक वार्ता हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij