काठमाडौं : मंगलबार भएको प्रदर्शनका काठमाडौं उपत्यकामा सयौं हतियार लुटपाट भएको छ। प्रहरी कार्यालयबाट प्रहरीलाई भगाएर आन्दोलनकारीले हतियार लुटेका हुन्। हतियारसहित नै कतिपय आन्दोलनमा सहभागी भएका थिए।
एक प्रहरी अधिकारीका अनुसार अधिकांश प्रहरी कार्यालयमा आगजनी, तोडफोड र लुटपाट भएको छ। प्रहरी कार्यालय खाली भएपछि उनीहरुले प्रहरीका हतियार लुटेका हुन्। केही प्रदर्शनकारी प्रहरीका यूनिफर्म समेत लगाएर सडकमा निस्किएका थिए।
सुरक्षाको कमाण्ड सेनाले लिएपनि प्रहरीहरु अझै डिउटीमा फर्कन सकेका छैनन्। कतिपय प्रहरीले प्रदर्शनकारीको आक्रमणमा परेर ज्यान गुमाएका छन्। लुटिएका हतियार खोज्नका लागि नेपाली सेनाले अभियान थालेको छ। हतियार फिर्ता गर्न सेनाले आग्रह गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij