Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

प्रदर्शनमा भवन जलाइएपछि अर्को सूचना नआएसम्मका लागि सर्वोच्चको सम्पूर्ण पेसी स्थगित

प्रदर्शनमा भवन जलाइएपछि अर्को सूचना नआएसम्मका लागि सर्वोच्चको सम्पूर्ण पेसी स्थगित

काठमाडौँ : जेनजी आन्दोलनका क्रममा भवनमा आगजनी गरेपछि सर्वोच्च अदालतको काम कारबाही ठप्प भएको छ । अदालत प्रशासनले एक सूचना जारी गर्दै अर्को सूचना नआएसम्मका लागि सम्पूर्ण पेसी स्थगित गरिएको जनाएको छ ।

'आगजनीको कारण सर्वोच्च अदालत पूर्ण रूपमा जली अदालतमा रहेको मुद्दाका मिसिल, सर्भर, इजलाससमेत जलेर नष्ट भएको हुँदा आजको लागि तोकिएका मुद्दाको पेसी स्थगित गरिएको र भोलिदेखिका पेसीमा रहेका मुद्दाहरूको सुनुवालाई अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको ब्यहोरा समेत जानकारीको लागि अनुरोध छ', सूचनामा भनिएको छ ।

यसबाट सर्वसा‌धारण सेवाग्राहीमा पर्न गए‌को असुविधाको लागि सर्वोच्च अदालतले दुःख पनि व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij