काठमाडौँ : नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारी देशको वर्तमान अवस्था देखेर सामाजिक सञ्जालमा भावुक भएका छन् ।जेनजी आन्दोलन र त्यसपछि निम्तिएको अवस्था देखेर नेता भण्डारी मंगलबार राति भावुक भएका हुन् ।
उनले फेसबुकमा लेखेका छन् - साथीहरु, जय नेपाल, नेपालको सम्पति लुटिएको ,जलिरहेको , मारिएको र कुटिएको देख्न म सक्दिन बरु मर्न चाहन्छु, देश बचाउनु पर्दछ, प्रिय जेन्जी। सोमबार पनि उनले जेनजी आन्दोलनमा ज्यान गुमाएकालाई श्रद्धाञ्जलि दिँदै 'नेपाली इतिहासकै कालो दिन' लेखेका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij