Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

रवि लामिछानेको अपिल : ‘संयमित होऔं, आन्दोलनले राष्ट्रका सम्पत्तिमा क्षति पुर्‍याउनु हुन्न’

रवि लामिछानेको अपिल : ‘संयमित होऔं, आन्दोलनले राष्ट्रका सम्पत्तिमा क्षति पुर्‍याउनु हुन्न’

काठमाडौं : रास्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले मुलुकमा भइरहेको जनआन्दोलनमा सहभागि सबै नागरिकलाई संयमित रहन अपिल गरेका छन् ।लामिछानेले आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामनासहित एक सार्वजनिक अपिल जारी गरेका छन् ।

अपिलमा लामिछानेले भनेका छन्, ‘देशका लुटेराहरूमाथि सजायको प्रक्रिया सुरु भइसकेको छ। उनीहरूले तीन पुस्ता लुटेर जोडेको सम्पत्ति राष्ट्रियकरण हुनुपर्छ र कानुनी कारबाही पनि यथाशीघ्र हुनुपर्छ ।’उनले लुटेराहरूमाथि कठोर कारबाहीको माग गरे पनि जनताबाट सुरु भएको आन्दोलनले राष्ट्रका महत्त्वपूर्ण सम्पत्तिमा क्षति पुग्न नदिन सबैलाई संयमित रहन अनुरोध गरेका छन् ।

उनले राष्ट्रिय सुरक्षासँग जोडिएका प्रहरी, सुरक्षा निकाय र न्यायालयका दस्तावेजहरू अत्यन्त संवेदनशील भएकाले ती सुरक्षित राख्न आग्रह गरे । ‘यी दस्तावेजहरू नष्ट भए देशकै लागि गम्भीर क्षति हुनसक्छ,” उनले भने ।

लामिछानेले आन्दोलनलाई जेनजीको आन्दोलनको रूपमा चित्रण गर्दै भनेका छन्, ‘अब देशको नेतृत्व जेनजीकै परिकल्पना अनुरूप अघि बढ्नुपर्छ भन्नेमा म स्पष्ट छु ।’ उनले आफू सधैं नागरिक सर्वोच्चताको पक्षमा रहेको बताएका छन् ।

आफ्नो रिहाइबारे स्पष्ट पार्दै लामिछानेले कानुनी प्रक्रिया पूरा गरेपछि मात्रै आफू कारागारबाट बाहिर आएको जनाएका छन् । उनले भने, ‘नागरिकको दबाबपछि सरकारले कानुनअनुसारको प्रक्रिया पुरा गरी पत्र थमाएपछि मात्रै म रिहा भएको हुँ । यद्यपि, म कानुनको सम्मान गर्दै आगामी कानुनी प्रक्रियाका लागि पूर्णतः तयार छु ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij