काठमाडौं : जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले प्रतिनिधि सभाको सदस्य पदबाट राजीनामा दिएका छन्।सभामुखलाई सम्बोधन गरेर लेखिएको राजीनामा पत्रमा उनले देशमा जारी आन्दोलन र वर्तमान अवस्थालाई नौलो गणतन्त्रले मात्रै सम्बोधन गर्न सक्ने भन्दै सोको स्थापनाका लागि आफ्नो पद त्यागेको स्पष्ट पारेका छन्।डा. राउतले विगतमा पटक–पटक मन्त्री र उपप्रधानमन्त्री बन्ने अवसर आउँदा पनि पदको लालच नराखी जनतासँग उभिएको स्मरण गराएका छन्।
“ममाथि आस्था र विश्वास राख्ने जनतालाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। म सँधै जनतासँगै उभिन्छु,” राजीनामा पत्रमा उनले भनेका छन्।उनको यो कदमलाई देशभर भइरहेको आन्दोलनसँग जोडेर हेरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij