काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सामाजिक सञ्जाल बन्दको विषयमा व्यङ्ग्य गर्दै कटाक्ष गरेका छन् ।सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयपछि प्रचण्डले फेसबुकमार्फत युवाहरूको आन्दोलनलाई “स्वाभाविक” भनेका थिए । तर, त्यसकै टिप्पणीमा मेयर बालेनले प्रचण्डको विगत सम्झाउँदै व्यङ्ग्य प्रहार गरेका हुन् ।
बालेनले लेखेका छन्, “एकादेशमा टिकटक पनि ब्यान भएको थियो । हजुर पीएम हुँदा पनि म मेयर नै थिएँ, काम हजुरबाट पनि केही भएन कमरेड। मेरो लागि एक दिन दिएको भए म काठमाडौंको खोला नाला फेरिदिन्थे ।”
यसअघि प्रचण्डले आफ्नो स्टाटसमा सामाजिक सञ्जालमाथि रोक लगाउने सरकारको कदम गलत भएको बताउँदै, भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहारविरुद्ध युवाहरूले गर्ने प्रदर्शन स्वाभाविक रहेको बताएका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij