Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

विद्या भण्डारीबारे ओली : सक्रिय राजनीतिमा आउने चाहना नराखेकै राम्रो

विद्या भण्डारीबारे ओली : सक्रिय राजनीतिमा आउने चाहना नराखेकै राम्रो

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्या भण्डारीले सक्रिय राजनीतिमा आउने चाहना नराखेकै राम्रो हुने बताएका छन् ।विधान अधिवेशनमा राजनीतिक प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा आइतबार अध्यक्ष ओलीले पूर्व राष्ट्रपति भण्डारीबारे यस्तो बताएका हुन् ।

‘कमरेड विद्या भण्डारीको सन्दर्भमा पार्टीमा दुई मत छैन । राष्ट्रपति बनायौँ । दोस्रो पटक पनि हुनुभयो’, ओलीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘अत्यन्तै जिम्मेवारीका साथ कार्यकाल पूरा गर्नुभयो । पहिलो महिला राष्ट्रपति, संविधान जारी भएपछिको राष्ट्रपति हो ।’अध्यक्ष ओलीले भण्डारीलाई सही ढङ्गले मध्यस्थता गर्न सक्ने सामर्थ्य भएको पूर्व राष्ट्रपतिको संज्ञा समेत दिए ।

‘तर, सक्रिय राजनीतिमा आउने चाहना राख्नु हुन्थ्यो । आएपछि पनि अध्यक्ष बन्न आउन खोज्नुभएको छ । यो अहिले सम्भव छैन’, ओलीले भने, ‘अध्यक्षविरुद्ध आलोचना, गलत मनसाय भएका साथीभाइको सहयोग खोज्न थाल्नुभयो । यो सह्य थिएन, भएन ।’

ओलीले भण्डारीले सदस्यता परित्याग गरेको भन्दै त्यो अवस्थामा पुन सदस्यताका लागि पुन प्रक्रियामा जानुपर्ने बताए । उनले भने, ‘यससम्बन्धी थप केही भए केन्द्रीय कमिटीको बैठकले टुङ्गो लगाउने छ ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij