पोखरा : आम जनता पार्टी (आजपा)ले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध आज पोखरामा विरोध प्रदर्शन गर्ने भएको छ । पोखराको रानीपौवा स्थित तमु भवनमा शनिबार सम्पन्न आजपाको कास्की जिल्ला भेलाले आइतबार प्रदर्शन गर्ने निर्णय गरेको हो ।
भेलामा सहअध्यक्ष एवं संविधान सभाका सदस्य तिलक थापामगरले दलाल दलतन्त्रविरुद्धको तेस्रो जनआन्दोलनको तयारीमा जुटन आह्वान गरेका छन् । गणतन्त्रको नाममा मुलुकमा दलहरूको लुट, भ्रष्टाचार, कुशासन, अनियमितता बढ्दै गइरहेको बताउँदै उनले तेस्रो जनआन्दोलनको विकल्प नभएको बताए । थापाले सामाजिक सञ्जाललाई बन्द गर्ने सरकारको निर्णय अलोकतान्त्रिक, असंवैधानिक, अदूरदर्शी एवं आपत्तिजनक रहेको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सामाजिक सञ्जाल बन्द गरेर संविधानले प्रदान गरेको अभिव्यक्तिको स्वतन्त्रता, प्रेस स्वतन्त्रता, सूचनाको अधिकार, सङ्गठित हुने अधिकारको समेत उलङ्घन गरेको आजपा सहअध्यक्ष थापाले बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij