Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

एमाले विधान महाधिवेशनमा प्रतिवेदनमाथिको समूहगत निष्कर्ष प्रस्तुत

एमाले विधान महाधिवेशनमा प्रतिवेदनमाथिको समूहगत निष्कर्ष प्रस्तुत

काठमाडौं : नेकपा एमालेको दोस्रो विधान महाविधेशनमा प्रतिवेदनमाथि समूहगत निष्कर्ष प्रस्तुत गर्ने कार्य सकिएको छ । सातवटा प्रतिवेदनमाथिको समूहगत छलफल सकिएपछि आज ती समूहका नेताले प्रतिवेदनमाथिको निष्कर्ष प्रस्तुत गरेका हुन् ।

कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका समूह नेताले प्रतिवेदनमाथि निष्कर्ष प्रस्तुत गरिसकेका छन् । अब पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यसूची छ । अध्यक्ष ओलीले समूहबाट आएका सुझावमा जवाफ दिएसकेपछि कुनै विषयमा सहमति हुन नसकेमा मतदानबाट टुंगो लगाई एकीकृत रूपमा पार्टी विधान पारित गरिनेछ ।

आज नै समसामयिक प्रस्ताव पारित गर्ने कार्यसूचीसमेत छ । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित शुक्रबारदेखि सुरु भएको एमालेको दोस्रो विधान महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी दुई हजार ३४१ जनाको सहभागिता छ । महाधिवेशन आज सकिने कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij