Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

आज सकिँदै एमालेको विधान महाधिवेशन : ओलीले जवाफ दिने, राजनीतिक र समसामयिक प्रस्ताव पारित हुने

आज सकिँदै एमालेको विधान महाधिवेशन : ओलीले जवाफ दिने, राजनीतिक र समसामयिक प्रस्ताव पारित हुने

काठमाडौं : नेकपा एमालेको विधान महाधिवेशन आज सम्पन्न हुँदैछ ।शुक्रबारदेखि सुरु भएको महाधिवेशनले पार्टीको नीति, संगठन र विधिसम्बन्धी महत्त्वपूर्ण निर्णय लिँदै अन्त्यतिर पुगेको हो ।महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलको सांगठनिक प्रस्तावमाथि दस समूह बनाएर छलफल भइरहेको छ।

प्रत्येक समूहले आजै आफ्ना सुझाव पेस गर्नेछन्। समूहगत छलफलमा उठेका प्रश्न र जिज्ञासाको जवाफ अध्यक्ष ओलीसहित सम्बन्धित नेताले दिने तयारी छ।यससँगै योगेश भट्टराईको नेतृत्वमा बनेको कार्यदलले तयार पारेको समसामयिक प्रस्ताव पनि महाधिवेशनमा प्रस्तुत हुँदैछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij