Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

वसन्तपुरमा इन्द्र जात्रा : राष्ट्रपति पौडेललाई स्वागत गरेका बालेनले प्रधानमन्त्रीलाई गरेनन्

वसन्तपुरमा इन्द्र जात्रा : राष्ट्रपति पौडेललाई स्वागत गरेका बालेनले प्रधानमन्त्रीलाई गरेनन्

काठमाडौं : काठमाडौंको बसन्तपुरमा शनिबार भव्य रूपमा भइरहेको ऐतिहासिक इन्द्रजात्रामा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलगायतका उच्चपदस्थ पदाधिकारीहरूले अवलोकन गरेका छन्।

देशका प्रमुख पदाधिकारीहरू दिउँसो बसन्तपुर पुगेका बेला राष्ट्रपति पौडेललाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले आफैं स्वागत गरेका थिए। तर प्रधानमन्त्री ओलीको स्वागत भने महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले गरेका छन् ।

अघिल्लो वर्ष इन्द्रजात्रामा अनुपस्थित रहेका मेयर बालेन यसपटक भने सक्रिय रूपमा सहभागी देखिएका छन्। तर, प्रधानमन्त्री ओलीसँगको सम्बन्धमा देखिएको चिसोपनका कारण बालेनले ओलीलाई स्वागत नगरेको भन्दै चर्चा चुलिएको छ।

काठमाडौं उपत्यकाको ऐतिहासिक, सांस्कृतिक र धार्मिक धरोहर मानिने इन्द्रजात्रा प्रत्येक वर्ष भाद्र महिनामा मनाइन्छ। यसमा राष्ट्रपति, प्रधानमन्त्रीदेखि उच्चपदस्थ अधिकारीहरूको उपस्थिति परम्परा बनिसकेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij