जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले मधेसी नागरिकलाई देशबाट भगाउने प्रयास भइरहेको आरोप लगाएका छन् । शुक्रबार जनकपुरधाममा सङ्घीय लोकतान्त्रिक मोर्चाले आयोजना गरेको 'वर्तमान राजनीतिक अवस्था: जनजागरण अभियान' लाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।
उनले मधेसी नागरिकलाई भगाउने प्रयास भइरहेकोले मधेसी दलहरू एक भएको बताए। अध्यक्ष ठाकुरले भने, 'हामीलाई भगाउने प्रयास भइरहेको छ। त्यसैले हामी एक ठाउँमा उभिएका छौँ। हाम्रो एउटै आवाज छ, हामी अलग-अलग भएर पनि एकसाथ लड्छौँ, एकसाथ मर्छौँ। त्यसैले यहाँ जम्मा भएका छौँ। यो आवश्यकता हो। आपसमा चाहे जतिसुकै मतभेद होस्, एक भएर हामी लड्छौँ। मधेसको मामिलामा हामी एक छौँ र अन्तिमसम्म एक भएर लडिरहन्छौँ।'
उनले मधेसी राजनीतिक दलहरूको एउटै आवाज रहेको र मधेसका मुद्दामा सबै एकै ठाउँमा रहेको बताए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij