Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

प्रधानमन्त्री ओलीले भने- लिपुलेकबारे चीनसँग मैले राखेको धारणा रेकर्डेड छ

प्रधानमन्त्री ओलीले भने- लिपुलेकबारे चीनसँग मैले राखेको धारणा रेकर्डेड छ

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि लिपुलेकमा व्यापारी मार्ग बनाउने भारत र चीनको समझदारीबारे आफूले चीनसँग स्पष्ट कुरा राखेको बताएका छन्।शुक्रबार एमालेको विधान अधिवेशन उद्घाटन गर्ने क्रममा प्रधानमन्त्री ओलीले सो कुरा अडियो, भिडियोहरूमा रेकर्डेड रहेको र कुटनीतिक नोटहरूमा पनि समावेश गरिएको बताएका हुन्।

आफूले चीनका राष्ट्रपति सी जीनपिङसँग औपचारिक भेटवार्तामा नेपाली भूमिलाई दुई ठूलो मुलुकमा व्यापारिक मार्ग बनाउने समझदारीप्रति असहमति जनाएको छन् ।उनले राष्ट्रपति सीले सो विषयमा भारतसँग कुटनीतिक वार्ता गरेर समस्या समाधान गर्न सुझाव दिएको पनि बताए ।नेपालको सार्वभौमसत्तामा तलमाथि पर्न नदिइने कुरा पनि राष्ट्रपति सीले आफूसँगको वार्तामा भनेको प्रधानमन्त्री ओलीको भनाई थियो । उनले सो विषयमा भारतीय पक्षसँग नै समाधानका लागि आफूले पहल गर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij