Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

कलंकीका नापी कार्यालयमा एक कर्मचारी घुससहित पक्राउ

कलंकीका नापी कार्यालयमा एक कर्मचारी घुससहित पक्राउ

काठमाडौँ :  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नापी कार्यालय, कलंकी, ३ नं. नापी टोली पुरानो नैकापमा कार्यरत करार कार्यालय सहयोगी एकेन्द्र बहादुर कुँवरलाई घुससहित नियन्त्रणमा लिएको छ।

आयोगका अनुसार जिल्ला काठमाडौँ चन्द्रागिरी नगरपालिका–१३ (साविक पुरानो नैकाप–८ख) मा रहेको जग्गा हालसाविक गरी नयाँ पूर्जा उपलब्ध गराउने प्रयोजनमा सेवाग्राहीसँग रु. १३ हजार घुस लिइसकेको अवस्थामा कुँवरलाई पक्राउ गरिएको हो।

अनुसन्धानका क्रममा कुँवरले सो जग्गा सम्बन्धी मालपोत कार्यालय, कलंकीमा दर्ता श्रेस्ता कायम गर्ने तथा जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराइदिने भनी घुस माग गरेको पुष्टि भएको आयोगले जनाएको छ।

सोही आधारमा उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसूरमा बिगो रु. १३ हजार कायम गरी कैद र जरिवानाको सजायको मागसहित आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij