वासिङ्टन डीसी : आवश्यकता पर्यो भने अमेरिकाले विदेशी अपराध गिरोहहरूलाई सखाप गर्ने अमेरिकी विदेशमन्त्री मार्काे रुबियोले भनेका छन् । यसका लागि अन्य देशहरूको सहयोग लिन सकिने पनि उनले बताए । इक्वेडरमा आफ्नो भ्रमणको क्रममा रुबियोले यो अभिव्यक्ति दिएका हुन् । ‘अब उनीहरूले (अन्य देशहरूले) आवश्यक परेमा यी मानिसहरूलाई फेला पार्न र हटाउन हामीलाई मद्दत गर्नेछन्,’ उनले भने ।
यस क्रममा रुबियोले इक्वेडरका दुई प्रमुख आपराधिक गिरोह, लस लोबोस र लस चोनेरोसलाई विदेशी आतङ्कवादी सङ्गठन घोषणा गर्ने घोषणा पनि गरे ।
केही दिन अघि अमेरिकी सुरक्षा बलहरूले क्यारिबियन सागरमा एउटा डुङ्गामा आक्रमण गरेपछि उनको यो भनाइ आएको हो । यस आक्रमणमा ११ जना लागूऔषध तस्करहरू मारिएको ह्वाइट हाउसले बताएको छ थियो । यस आक्रमणमा मर्नेहरूको पहिचान सार्वजनिक गरिएको छैन ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij