Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

काठमाडौँ : संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा सहभागी श्रीनाथ गण (शान्ति सेना) १४ औँ डफ्फालाई बदली गरिएको छ ।

उक्त गणलाई बदली गर्नका लागि नयाँ गोरख गण (शान्ति सेना) १५ औँ डफ्फाका १७५ जना शान्ति सैनिकहरूको पहिलो टोली बिहीबार मिसन इलाका प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका १७५ जना नेपाली शान्ति सैनिकहरू शनिबार नै स्वदेश फिर्ता भएका छन् । हाल उक्त मिसनमा नेपाली सेनाका १ हजार ७५७ जना शान्ति सैनिकहरु कार्यरत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij