Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

मधेसमा भोलि सार्वजनिक बिदा

मधेसमा भोलि सार्वजनिक बिदा

जनकपुर : मधेस प्रदेशमा शुक्रबार (भोलि) सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।

‘मोहम्मद जयन्ती’ को अवसरमा शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह सञ्चार तथा कानुन मन्त्रालयले जनाएको छ । शुक्रबार मोहम्मद जयन्तीको अवसरमा बिदा दिइएको मन्त्रालयका सचिव विमल प्रसाद बरालले बताए ।

प्रदेशमा मुस्लिम समुदायलाई लक्षित गर्दै हरेक वर्ष मधेस सरकारले ‘मोहम्मद जयन्ती’ को अवसरमा बिदा दिँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट