Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

फिल्म 'पारस' निर्माण घोषणा

फिल्म 'पारस' निर्माण घोषणा

काठमाडौँ : निर्देशक कृषा चौलागाइँले जन्मदिन पारेर फिल्म ‘पारस’को घोषणा गरेकी छन् । बुधबार उनको जन्मदिनको अवसर पारेर नयाँ फिल्मको घोषणा गरिएको हो। यो फिल्मको कथा तथा निर्देशन निर्देशक कृषाकै हुनेछ।

उनकै भाइ बिशाल चौलागाइँको लगानीमा निर्माण हुन लागेको यस फिल्मलाई सचिन लदियाले लेखेका हुन्। निर्माण पक्षले फिल्मको डिओपी पुरुषोत्तम प्रधानले गर्ने जानकारी दिएको छ। यसअघि कृषा र पुरुषोत्तमले ‘ऐचो पैचो’र ‘पिताम्बर’मा सहकार्य गरेका थिए। उनीहरुको यो तेस्रो सहकार्य हो। निर्माता विशालको पनि यो टिमसँग तेस्रो नै सहकार्य हो।

केपी फिल्मस्काे व्यानरमा निर्माण हुने यो फिल्म फागुनबाट छायाङ्कनमा जानेछ। घोषणा कार्यक्रममा निर्देशक कृषाले यो फिल्म एक्सनका साथै लभ स्टोरी हुने बताइन्। यो फिल्मको कलाकार तथा अन्य प्राविधिक पक्षको बारेमा बिस्तारै जानकारी दिने निर्देशक कृषाले बताइन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट