Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

नागरिकले वर्षौं कुर्दा पनि लाइसेन्स पाएका छैनन्, इम्बोस्ड नम्बर अनिवार्य किन ? : सांसद नेम्वाङ

नागरिकले वर्षौं कुर्दा पनि लाइसेन्स पाएका छैनन्, इम्बोस्ड नम्बर अनिवार्य किन ? : सांसद नेम्वाङ

काठमाडौं : नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान कार्य रोक्न माग गरेका छन् ।बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यो विषय जनतासँग प्रत्यक्ष जोडिएको गम्भीर विषय भएकोले अगाडि नबढाउन माग गरेका हुन् ।

नेम्वाङले भने- ‘सरकारले तत्काल इम्बोस्ड नम्बर प्लेटको कार्यान्वयन स्थगित गरी आवश्यक पूर्वाधार, प्रविधि र जनचेतना सुनिश्चित गरेपछि मात्र चरणबद्ध रूपमा अघि बढाइयोस् । इम्बोस्ड नम्बर प्लेटको कार्यान्वयनले जनतालाई थप सास्ती, हैरानी र झन्झट मात्र बढाएको छ । गाडी किन्ना साथ उच्च कर, हरेक वर्ष अनिवार्य बीमा, सडक कर तिर्न लामो लाइन, र लाइसेन्स बनाउन फारम, परीक्षा र लामो प्रतीक्षा ।’इम्बोस्ड नम्बर प्लेटको कार्यान्वयनले जनतालाई थप सास्ती, हैरानी र झन्झट मात्र बढाएको उनले बताए ।

उनले भने- ‘यहाँ जनताको तहबाट प्रश्नहरू उठेका छन्- इम्बोस्ड नम्बर प्लेटको उद्देश्य के हो ? के हामीसँग पर्याप्त प्रविधि, सेवा केन्द्र र जनशक्ति छन् ? जब हजारौँ नागरिकले वर्षौं कुर्दा पनि लाइसेन्स पाएका छैनन्, कर तिर्न दिनभर लाइन बस्नुपरेको छ । यस्तो अवस्थामा एम्बोस्ड नम्बर प्लेट किन अनिवार्य गरिँदैछ ?’सवारी प्रयोग गर्ने आम जनतामाथि पहिले नै धेरै भार भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij