Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

विदेशी आयात रोक्न सांसद शाहीको माग

विदेशी आयात रोक्न सांसद शाहीको माग

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जुम्लाको स्याऊलाई प्रोत्साहन गर्न र विदेशी स्याऊको आयात रोक्न माग गरेका छन् । बुधबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद शाहीले नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

‘जुम्ली स्याऊ खाऔं, विदेशी स्याऊ रोकौं’ भन्ने नाराका साथ कृषिमन्त्री र गृहमन्त्रीलाई तत्काल यस विषयमा आवश्यक कदम चाल्न आग्रह गरे । सांसद शाहीले जुम्लाको स्याऊको बजार विस्तारका लागि सहयोग गर्न सरकारलाई अपिल गरे । उनले जुम्लाको स्याऊ राजधानी लगायतका ठूला सहरमा पुर्याउनका लागि सडक पूर्वाधारको अवस्था सुधार गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई पनि अनुरोध गरे ।

नेपालमा उत्पादन हुने कृषि उपजलाई प्रोत्साहन गर्दा किसानको जीवनस्तरमा सुधार आउनुका साथै देशको अर्थतन्त्रलाई पनि टेवा पुग्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij