Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

एमाले नेता पोखरेल र पाण्डेको फरक मत भोलिको सचिवालय बैठकमा छलफल हुने

एमाले नेता पोखरेल र पाण्डेको फरक मत भोलिको सचिवालय बैठकमा छलफल हुने

काठमाडौं : नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले दुई उपाध्यक्षको फरक मत सचिवालय बैठकले टुङ्ग्याउने बताएका छन् ।बुधबार च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले ६ साउनमा पार्टीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सदस्यता नदिन गरेको निर्णयप्रति फरक मत राखेको कुरा सार्वजनिक भएको हुँदा यसबारे कुरा उठे छलफल हुने बताएका हुन् ।वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुरेन्द्र पाण्डेले भण्डारीलाई पार्टी सदस्य दिनुपर्ने धारणा राख्दै आएका छन्।

पोखरेलले भने- ‘परित्याग गरेको विषयलाई पुनस् कायम गर्ने कि नगर्ने भन्ने पार्टीको फैसला छ । पूर्वराष्ट्रपति र उपराष्ट्रपतिबारे पार्टीले फैसला गरिसकेको छ । त्यसमा पार्टी कायमै छ ।’विधान महाधिवेशनकेन्द्रित फरक प्रतिवेदन पेस हुने तयारी बारेको खबर बारे अनुमानको भरमा अहिले नै बोल्न उचित नहुनेु पोखरेलको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij