काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले जुम्लाबाट ल्याएको गाडीलाई कतै पनि चेक नगर्न गृहमन्त्रीसँग आग्रह गरेका छन् ।बुधबार प्रतिनिधि सभाको बैठकमा आफ्ना कुरा राख्दै उनले सो आग्रह गरेका हुन् । उनले ठाउँठाउँमा स्याउका गाडी रोकेर किसानसँग एक सय रुपैयाँ घुस लिने गरेको पाइएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराए ।
उनले भने ‘जुम्लाबाट अफिम होइन, स्याउ आउँछ अनावश्यक चेकजाँच गरेर दुःख नदिइयोस् ।’जुम्लाबाट आउने बाटो चार दिनदेखि बन्द गरेकाले बाटो निर्माणका लागि तगारुकता देखाउन भौतिक पूर्वाधारमन्त्रीसँग उनले अनुरोध गरे ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij