Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

जग्गा विवादमा फसिन् शाहरुखकी छोरी सुहाना

जग्गा विवादमा फसिन् शाहरुखकी छोरी सुहाना

मुम्बई : बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खान कृषि जग्गा खरिदका कारण समस्यामा परेकी छिन्। महाराष्ट्र सरकारले अलिबागको थाल गाउँमा किसानलाई खेतीपातीका लागि दिएको जग्गा उनले खरिद गरेको आरोप छ।महाराष्ट्र कृषि भूमि ऐन, १९६१ अनुसार, केवल किसान वा किसान परिवारसँग पहिले नै कृषि भूमि भएको व्यक्तिले मात्र त्यस्तो जमिन किन्न सक्छ। गैर-किसानहरूले सिधै कृषि भूमि खरिद गर्न पाउँदैनन्।

त्यस्तै, सरकारले खेतीका लागि मात्र किसानलाई दिएको जग्गा बिक्री गर्न कलेक्टरको स्वीकृति आवश्यक हुन्छ। खरिदकर्ता र बिक्रेता दुवैले तहसीलदार वा कलेक्टरबाट एनओसी (अनापत्ति प्रमाणपत्र) लिनुपर्ने व्यवस्था छ। तर, आरोपअनुसार सुहानाले यो प्रक्रिया पूरा नगरी जग्गा खरिद गरेकी छिन्।सुहानाले यो जमिन मुम्बईको कफ परेडमा बस्ने खोटे परिवारबाट झन्डै १२.९१ करोड रुपैयाँमा किनेकी थिइन्। उनले ७७.४६ लाख रुपैयाँ स्ट्याम्प शुल्क पनि तिरेकी थिइन्।

जग्गा खरिद र स्थानान्तरण प्रक्रिया ३० मे २०२३ मा स्ट्यान्डर्ड चार्टर्ड बैंकमार्फत भएको थियो। मुम्बई प्रहरीका आवासीय उपायुक्तले यसबारे थप अनुसन्धानका लागि अलिबाग तहसीलदारबाट प्रतिवेदन मागेका छन्।

यसैबिच, सुहाना चाँडै नै आफ्ना बुबा शाहरुखसँगै फिल्म ‘किङ’ मा देखिनेछिन्। यो उनको दोस्रो फिल्म हुनेछ। यसअघि उनले ‘द आर्चीज’ बाट डेब्यू गरेकी थिइन्। तर स्टार किड्सले भरिएको त्यो फिल्म दर्शकले खासै मन पराएका थिएनन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij