Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

सुरक्षा गार्डमाथि आक्रमणको आरोपमा कार्डी बीलाई सफाइ

सुरक्षा गार्डमाथि आक्रमणको आरोपमा कार्डी बीलाई सफाइ

लस एन्जलस : चर्चित अमेरिकी र्‍यापर कार्डी बीले एक सुरक्षा गार्डमाथि आक्रमण गरेको आरोपबाट सफाइ पाएकी छन्। इमानि एलिस नामक ती सुरक्षा गार्डले कार्डी बीले आफूलाई नङले कोतरेर अनुहारमा चोट पुर्‍याएको र थुकेको भन्दै २४ मिलियन डलरको क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेकी थिइन्।सन् २०१८ मा भएको यो घटनाका बेला कार्डी बी गर्भवती थिइन्। उनको गर्भावस्थाबारे सार्वजनिक जानकारी नभएकाले गोप्यताका लागि डाक्टरको क्लिनिक बन्द गरिएको थियो।

अदालतमा कार्डी बीले आफूलाई एलिसले पछ्याएको, फोनमा भिडियो खिचेको र व्यक्तिगत स्पेस नदिएको बयान दिएकी थिइन्। यता एलिसले भने आफू उक्त घटनाबाट ‘आघात’ भएको दाबी गरेकी थिइन्।

झन्डै एक घण्टाको छलफलपछि जुरीले ग्रामी अवार्ड विजेता र्‍यापरलाई आक्रमण, ब्याट्री (बदनियतपूर्ण शारीरिक सम्पर्क), मानसिक तनाव, लापरबाही र गैरकानुनी थुनाको आरोपबाट मुक्त गरेको छ।

फैसलापछि पत्रकारहरूसँग कुरा गर्दै कार्डी बीले भनिन्, ‘म दिनभरि काम गर्छु र आफ्ना बच्चाहरूका लागि, आफूले हेरचाह गर्ने मान्छेहरूका लागि निकै मेहनतले पैसा कमाउँछु। त्यसैले, तिमीहरूले मलाई मुद्दा हालेर क्षतिपूर्ति लिनेछौ भन्ने सोच्दै नसोच्नु।’

उनले आफ्ना प्रशंसकहरूलाई पनि एलिस वा उनको परिवारलाई दुःख नदिन आग्रह गरेकी छन्। अदालतमा कार्डी बीले एलिससँग गाली गलौज भएको स्वीकार गरे पनि आफूले उनलाई नछोएको वा नथुकेको बताएकी थिइन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij