काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबिच भेटवार्ता भएको छ । नेकपा एसकाे पार्टी केन्द्रीय कार्यालय आलाेकनगरमा मंगलबार उनीहरूबिच भेटवार्ता भएको नेकपा एकीकृत समाजवादीका उपमहासचिव राजकुमार भट्टराईले बताए । उनका अनुसार बैठकमा समाजवादी मोर्चालाई मोर्चालाई सक्रिय बनाउने,बाम एकताका लागि पहल गर्ने विषयमा छलफल भएको हो ।
त्यस्तै पार्टीभित्र देखिएका असमझदारीलाई निराकरण गर्ने विषयमा पनि छलफल भएको उपमहासचिव भट्टराईले बताए ।बैठकमा नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ,नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे लगायत सहभागी थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij