काठमाडौं : निजामती विधेयकको मस्यौदा प्रतिवेदन विधायन व्यवस्थापन समितिमा प्रस्तुत गरिएको छ । आज बसेको समितिको बैठकमा प्रतिवेदन पेस गरिएको हो ।समितिबाट आजै पारित गरेर विधेयक राष्ट्रियसभाबाट पनि पारित गर्नुपर्नेछ ।यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले समितिको बैठकमा कर्मचारीहरूको अवकाश उमेर हद ऐन पारित भएको आर्थिक वर्षमै ५९ वर्ष बनाउनुपर्ने प्रस्ताव राखेकी थिइन्।
तर उनको अडान अल्पमतमा पर्ने निश्चितपछि आज समितिको बैठकमा उनले व्यक्तिगत स्वार्थ र लाभ केही नभएको बताउँदै अडानबाट पछि हटेसँगै विधेयक टुंगो लागेर समिति सचिवालयले प्रतिवेदनको मस्यौदा तयार पारेको छ ।
समितिबाट प्रतिवेदन पारित भएलत्तगै समितिका सभापति तुलासाकुमारी दाहालले मंगलबारकै राष्ट्रियसभा बैठकमा विधेयको प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।राष्ट्रियसभाबाट विधेयक पारित भएपछि प्रतिनिधिसभामा जानेछ । प्रतिनिधि सभाले पुनः पारित गरेपछि राष्ट्रपतिबाट प्रमाणीकरण भएर ऐनको रूप लिनेछ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij