Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

संसदीय सुनुवाइ समितिको सदस्यमा अञ्जान शाक्य मनोनीत

संसदीय सुनुवाइ समितिको सदस्यमा अञ्जान शाक्य मनोनीत

काठमाडौं : राष्ट्रिय सभाकी सांसद डा.अञ्जान शाक्य संसदीय सुनुवाइ समितिको सदस्य मनोनित भएकी छिन्। राष्ट्रिय सभा बैठकले सहमति जनाएपछि उनी समितिको सदस्य बनेकी हुन्।राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली, २०८० को नियम २५ को उपनियम २ बमोजिम उनलाई संसदीय सुनुवाइ संयुक्त समितिमा मनोनयनको प्रस्ताव पेश गरेका थिए।राष्ट्रिय सभाबाट समितिमा शाक्यसँगै नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगाना र नेकपा माओवादी केन्द्रका सांसद जगप्रसाद शर्मा छन्।

समितिमा प्रतिनिधिसभाबाट नेकपा एमालेका महेश बर्तौला, नेपाली कांग्रेसका जीवन परियार, माओवादी केन्द्रका जनार्दन शर्मा र रास्वपाका डोलप्रसाद अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीका पशुपति शमशेर जबरालगायत छन् । समितिमा १५ सदस्य रहने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij