एजेन्सी : सुडानको पश्चिमी डार्फर क्षेत्रमा पहिरोले मारा पर्वतमा रहेको एउटा पूरै गाउँ ध्वस्त पारेपछि कम्तीमा १ हजार जनाको मृत्यु भएको छ भने एक जना मात्र जीवित फेला परेका छन्।भारी वर्षाका कारण ३१ अगस्टमा पहिरो गएको थियो। यसमा तारासिन गाउँको ठूलो हिस्सा विनाश भएको बीबीसीले जनाएको छ।
‘प्रारम्भिक विवरणअनुसार गाउँका सबै बासिन्दाको मृत्यु भएको छ, जसको संख्या १,००० भन्दा बढी हुने अनुमान छ। केवल एक जना मात्र जीवित छन्।’ समूहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।विद्रोहीहरूले संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय सहायता निकायहरूसँग पीडितहरूको शव उद्धार तथा राहतका लागि सहयोग गर्न अपिल गरेका छन्।
सुडानमा तीन वर्षदेखि चलिरहेको गृहयुद्धकै कारण उत्तर दारफुर राज्यका धेरै बासिन्दाले मर्रा पर्वत क्षेत्रमा शरण लिएका थिए। संयुक्त राष्ट्रसंघका अनुसार युद्धका कारणा एक लाख ५० हजारभन्दा बढी मानिस मारिएका छन्।सुडानमा ५ करोडभन्दा बढी मानिस भोकमरीको चपेटामा छ। लगभग १ करोड २० लाख मानिस आफ्नो घर छाड्न बाध्य भएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij