Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

प्रधानमन्त्री ओली थियाजिनबाट रेलमार्ग हुँदै बेइजिङ पुगे

प्रधानमन्त्री ओली थियाजिनबाट रेलमार्ग हुँदै बेइजिङ पुगे

काठमाडौ : चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली थियाजिनको कार्यक्रम सकाएर बेइजिङ पुगेका छन्।

प्रधानमन्त्री ओली रेलमार्ग हुँदै थियाजिनबाट बेइजिङ पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

चीनको राजधानी बेइजिङमा प्रधानमन्त्री ओलीको चीनका उपराष्ट्रपति हान चङ्गसँग भेट गर्नेछन् भने उपराष्ट्रपति चङ्गद्वारा आयोजित रात्रि भोजमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ।

चीनका राष्ट्रपति सी चीनफिङसँग यसअघि नै द्विपक्षीय भेटवार्ता गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij