Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

विद्या भण्डारी भविष्यमा पनि एमालेकै राजनीतिमा रहनुहुन्छ, संविधानले रोकेको छैन : सुरेन्द्र पाण्डे

विद्या भण्डारी भविष्यमा पनि एमालेकै राजनीतिमा रहनुहुन्छ, संविधानले रोकेको छैन : सुरेन्द्र पाण्डे

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीमा आन्तरिक रुपमा जे-जे विवाद उत्पन्न भए पनि भण्डारी भविष्यमा एमालेकै राजनीतिमा रहने बताएका छन् ।आज काठमाडौंमा आयोजित नेकपा एमालेको लोकतान्त्रीकरण विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उपाध्यक्ष पाण्डेले यस्तो बताएका हुन्।

पाण्डेले भने- ‘राष्ट्रपति भइसकेको व्यक्तिलाई राजनीतिमा आउन संविधानले कतै रोकेको छैन । संविधानले कोही पनि व्यक्तिलाई पार्टीमा लाग्न र राजनीति गर्न निषेध गरेको छैन। संविधानले नगरेको कुरा कुनै एउटा पार्टीले विधान बनाएर रोक्न मिल्छ र ? निर्णय गरेर रोक्न मिल्छ र ?

संविधानको त्यो व्यवस्था अनुसार निर्वाचित भएको पद, मनोनीत भएको पद र नियुक्ति भएको पद राष्ट्रपति भएपछि स्वतः जाने र त्यो बाहेक अरू कुनै व्यवस्था नरहेको पाण्डेको भनाइ छ ।उनले पार्टी अध्यक्ष केपी शर्मा ओली लोकतान्त्रिक अभ्यासबाट राजनीतिमा आएकोले भविष्यमा भण्डारीलाई पनि सघाउने टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij