Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

रास्वपाका उम्मेदवार थापाले पत्रकारसँग अन्तर्क्रिया गर्दै

रास्वपाका उम्मेदवार थापाले पत्रकारसँग अन्तर्क्रिया गर्दै

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट रुपन्देही–३ का उम्मेदवार छनोट भएका डा. लेखजंग थापाले पत्रकारसँग भेटघाट गर्ने भएका छन् ।

केन्द्रीय कार्यालय वनस्थलीमा सोमबार दिउँसो २ बजे भेटघाट तथा अन्तरक्रिया गर्न लागेका हुन् । आइतबार रास्वपाले थापालाई उम्मेदवार चयन गरेको थियो ।

पारिवारिक पृष्ठभूमि सार्वजनिक भएपछि थापा विवादमा तानिएका छन् । साउन ७ गतेदेखि भदौ १३ गतेसम्म रास्वपाले प्राइमरी निर्वाचन, लिडरशिप एकेडेमी, पोलिटिकल प्रोग्जोमिटी र समावेशी जस्ता उम्मेदवार छनोट प्रक्रिया अवलम्बन गरेको थियो ।

प्रतिस्पर्धामा उत्रिएका ९ जना उम्मेदवारमध्ये ८ जनालाई पछि पार्दै थापाले बाजी मारेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij