Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

छुट्टै छलफलमा जुटे झलनाथ-घनश्याम पक्षीय नेताहरू

छुट्टै छलफलमा जुटे झलनाथ-घनश्याम पक्षीय नेताहरू

काठमाडौं :नेकपा एकीकृत समाजवादीको झलनाथ–घनश्याम पक्षीय नेताहरूको बैठक सुरु भएको छ ।नयाँ बानेश्वरस्थित बानेश्वर क्याम्पसमा सो समूहका नेताहरूको छलफल चलिरहेको हो ।

पार्टीको आगामी केन्द्रीय कमिटी, स्थायी कमिटी लगायतका बैठकहरूको एजेन्डा तय गर्नका लागि नेताहरू छलफलमा जुटेका हुन् ।बैठकमास्थायी कमिटी सदस्य हरि पराजुली, पोलिटब्यूरो सदस्य लक्ष्मण लम्साल र नरेशकुमार शाही, केन्द्रीय सदस्य सुशील भट्टराई, केन्द्रीय सदस्य मनाकुमारी साउद लगायत सहभागी छन् ।

बैठकमा सहभागी नेताहरूले यो छलफललाई अनौपचारिक भनेका छन् । पछिल्लो समय अध्यक्ष माधव कुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच असमझदारी बढेको छ ।पछिल्ला दिनमा उनीहरू सार्वजनिक रुपमै एक अर्काका अभिव्यक्तिको खण्डन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij