Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

माधवलाई काउन्टर दिन झलनाथ–घनश्याम भुसाल समूह छलफलमा

माधवलाई काउन्टर दिन झलनाथ–घनश्याम भुसाल समूह छलफलमा

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) को झलनाथ खनाल र घनश्याम भुसाल पक्षीय नेताहरू छलफलमा जुटेका छन् । नयाँ बानेश्वर आसपासमा दुवै नेता निकटका नेताहरू छलफलमा जुटेको एक नेताले जानकारी दिए ।

उनका अनुसार पार्टीको आगामी केन्द्रीय कमिटी, स्थायी कमिटी लगायतका बैठकमा उठाउने विषयका बारेमा छलफल गर्न उपलब्ध नेताहरू छलफल जुटेका हुन् ।

छलफलमा नेताहरू घनेन्द्र बस्नेत, विजय पौडेल, जीवनराम श्रेष्ठ, हरि पराजुली, रामकुमारी झाँक्री, लक्ष्मण लम्साल र नरेशकुमार शाही, सुशील भट्टराई, मनाकुमारी साउद लगायत सहभागी छन् ।

छलफलमा खनाल र भुसाल भने सहभागी छैनन् । भुसाल जापानमा छन् भने खनाल निवासमै रहेको उनको सचिवालयले जनाएको छ । सो पार्टीका अध्यक्ष माधव नेपाल पतञ्जलि जग्गा प्रकरणमा मुद्दा चलेपछि राजीनामा दिनुपर्ने आवाज बढ्दै गएको छ ।

तर नेपाल राजीनामा नगर्ने अडानमा छन् । एक नेताका अनुसार आगामी भदौ अन्तिम साता बस्ने केन्द्रीय कमिटी बैठकमा खनाल भुसाल समूहले नेता नेपालको राजीनामा माग्ने तयारी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij