Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

हुडिफाँटमा आधारभूत अस्पताल निर्माण

हुडिफाँटमा आधारभूत अस्पताल निर्माण

सुलीकोट :  गोरखाको बारपाक सुलीकोट गाउँपालिका–४ हुडि फाँटमा निर्माणाधीन १५ श्य्याको आधारभूत अस्पताल निर्माणको काम अन्तिमा चरणमा पुगेको छ । देशभरका सबै पालिकाहरुमा आधारभूत अस्पताल निर्माण गर्ने संघिय सरकारको योजना अनुसार बारपाक सुलिकोट गाउ्रँपालिकामा पनि अस्पताल निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।

भ्याटसहित १४  करोड ४० लाख ७ हजार ८१३ रुपियाँमा ठेक्का सम्झौता भएर अस्पतालको भवन निर्माणको काम अन्तिम चरणमा पुगेको बारपाक सुलिकोट गाउँपालिकाका इन्जिनियर मेघनाथ यादवले जानकारी दिनुभयो ।

दुई तलाको ढलान सकेर भबनमा रङ्गरोगन लाउन मात्र बाँकी छ, प्रमुख प्रशासकिय अधिकृत सुबास आलेले भन्नुभयो, ‘बाहिरी वाल निर्माणको काम सम्पन्न भएपछि बोरिङको कामसँगै कोठाहरु सजावट भएपछि मङ्सिरबाट सञ्चालनमा ल्याउनको लागि प्रयास भइरहेको छ ।’

१५ श्य्याको अस्पाल निर्माण गर्न पालिका र निर्माण कम्पनीबिच २०७८ साल असार १३ गते ओमबुद्ध बुद्ध नब कान्तिपुर प्रालिसँग ठेक्का सम्झौता भएर अस्पताल निर्माणको काम सुरु गरिएको बारपाक सुलिकोट गाउँपालिकाले जनाएको छ । अहिले अस्पतालको ९० प्रतिशत भौतिक प्रगति भएको बताइएको छ ।

ठेक्का सम्झौता अनुसार २०७९ पुस १४ गते अस्पताल निर्माणको काम सम्पन्न गर्नुपर्ने भएता पनि निर्माण कम्पनीको ढिलासुस्तीको कारण २ पटक म्याद थप गरी २०८२ पुस मसान्त म्यादसम्म अस्पताल निर्माण सम्पन्न हुने भएको पालिकाका इन्जियिर यादवको भनाइ छ ।

बारपाक सुलिकोट गाउँपालिका–४ सबै भन्दा बिकट वडा भएकाले साथै सबैभन्दा बढी जनसङ्ख्या त्यहि वडामा भएकाले पनि पालिकाले हुडि खोलामा अस्पताल निर्माण गरी पालिका भित्रका स्थानीयलाई हुडि खोला फाँट सेन्टर पर्ने हिसाबले अस्पताल निर्माण गर्दा स्वास्थ्य सेबा दिन सहज हुने देखिएको पालिकाका स्वास्थ्य शाखा अधिकृत कृष्ण भट्टले बताउनुभयो ।

बारपाक सुलिकोट गाउँपालिका भित्र अस्पताल नहुदाँ उक्त पालिकाका बिरामीहरुलाई गोरखा अस्पताल र काठमाडौ लैजानु पर्ने बाध्यता अन्त्य भएको गाउँपालिकाले जनाएको छ । आधारभुत अस्पताल निर्माण सम्पन्न पश्चात बिज्ञ सहितको चिकित्सक राख्ने गरी तयारी थालिएको गाउँपालिकाका अध्यक्ष बिष्णु भट्टले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट