म्याग्दी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याउन पुराना पार्टीको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो। विभिन्न समयमा पुराना पार्टीले गरेको आन्दोलन र योगदानका कारण देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उहाँको भनाइ थियो।
आइतबार बिहान बेनीमा आयोजित अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा हरेक राजनीतिक पार्टीले इतिहासको खास–खास कालखण्डमा देशलाई लोकतान्त्रिक बनाउन, नागरिकलाई अधिकार सम्पन्न बनाउन र नागरिक सर्वोच्ता कायम गर्न महत्त्वपूर्ण योगदान गरेका कारण अहिले देशले लोकतान्त्रिक गणतन्त्र पाए पनि विकास र समृद्धिको बाटो तर्फ लैजान भने पुराना पार्टी असफल भएको उहाँको भनाइ थियो।
पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध लिएर सहकारी काण्डमा फसाइएको उहाँको आरोप थियो। सभापति लामिछानेमाथि सरकारले अन्ययापूर्ण व्यवहार गरेकाले पार्टीले संसद् र सडकबाट प्रतिरोध गरेको प्रमुख सचेतक परियारले बताउनुभयो।
तत्लो तहसम्म सङ्गठन निर्माणको अभियान लिएर पार्टी देशभर परिचालित भएको परियारको भनाइ छ।
अन्तर्क्रिया कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ म्याग्दी शाखाका अध्यक्ष हरिकृष्ण गौतमले म्याग्दीको विकास निर्माण र रास्वपाले राष्ट्रियस्तरमा खेल्नुपर्ने भूमिकाका बारेमा सुझाव दिनुभएको थियो।
रास्वपाले आइतबार बेनी नगरपालिका वडा नम्बर ४ सिङ्गामा पहिलो वडा अधिवेशनको आयोजना गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij