Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

भारतीय सिरियल ‘पवित्र रिश्ता’का अभिनेत्री प्रिया मराठेको निधन

भारतीय सिरियल ‘पवित्र रिश्ता’का अभिनेत्री प्रिया मराठेको निधन

मुम्बई :  लोकप्रिय टेलिभिजन अभिनेत्री प्रिया मराठेको आइतबार बिहान मुम्बईमा निधन भएको छ।

३८ वर्षीया मराठे लामो समयदेखि क्यान्सरसँग संघर्षरत थिइन्। महाराष्ट्र टाइम्सका अनुसार उपचारको क्रममा रहे पनि रोगबाट पूर्ण निको हुन सकेकी थिइनन्।

सन् १९८७ अप्रिल २३ मा मुम्बईमा जन्मिएकी प्रिया मराठेले त्यहीँबाट स्कुल र कलेज अध्ययन गरेकी थिइन्। अध्ययन पूरा गरेपछि अभिनय क्षेत्रमा प्रवेश गरेकी उनले मराठी सिरियल ‘या सुखानोया’ र ‘चार दिवस सासुचे’ बाट टेलिभिजनमा डेब्यू गरेकी थिइन्।

मराठेले बलाजी टेलिफिल्म्सको ‘कसम से’ मा विद्या बालीको भूमिका निर्वाह गरेकी थिइन् भने ‘कमेडी सर्कस’ को पहिलो सिजनमा पनि देखिएकी थिइन्। त्यसपछि उनी चर्चित टेलिभिजन शो ‘पवित्र रिश्ता’ मा देखिएकी थिइन्, जहाँ उनले वर्षा सतीशको भूमिका निभाएकी थिइन्।

यस्तै, उनी ‘बडे अच्छे लगते हैं’ मा ज्योति मल्होत्राको भूमिकामा देखिएकी थिइन्। उनका अन्य चर्चित काममा तू तिथे मी, भाग रे मन, जयस्तुते र भारत का वीर पुत्र – महाराणा प्रताप पर्दछन्।

अभिनेत्री मराठेको निधनले हिन्दी र मराठी मनोरञ्जन जगत शोकाकुल बनेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट