चन्द्रपुर (रौतहट) : रौतहटको जंगलसहिया साझेदारी वन क्षेत्रमा बाघ देखापरेको छ । साझेदारी वनको जंगलसहिया धनसर सडक क्षेत्र नजिक शनिबार बाघ देखा परेको जंगलसहिया सव डिभिजन वन कार्यालय रौतहटका वन अधिकृत विनोद जेठाराले जानकारी दिनु भएकाे छ ।
बाघ देखिएकोले आसपासका बस्ती र यहाँ दैनिक रुपमा आवतजावत गर्ने सर्वसाधारण नागरिकहरूले उच्च सतर्कता अपनाउनु पर्ने उहाँले बताउनु भएकाे छ । बाघले जुनसुकै बेला पनि आक्रमण गर्न सक्ने भएकाले घरपालुवा जनावर जंगल नजिक चराउन नलैजान वन अधिकृत जेठाराले अनुरोध गर्नु भएको छ । सो क्षेत्रमा राति एक्लै हिँड्ने वा बाइकमा यात्रा गर्नेले सुरक्षामा विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिएको वन अधिकृत जेठाराले बताउनु भएकाे छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij