काठमाडौँ : काठमाडौँमा आन्दोलनरत उखु किसानले सबै जिल्लाका उखु किसानहरूको सक्रिय सहभागितामा सर्लाहीको हरिवनमा भदौ २५ गतेदेखि अनिश्चितकालीन राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने घोषणा गरेका छन् । शनिवार माइतीघरमा पत्रकार सम्मेलन आयोजना गरी उनीहरूले आन्दोलनको नयाँ कार्यक्रमको घोषणा गरेका हुन् ।
“हामीले एक हप्ता काठमाडौँमा आएर आन्दोलन गर्दासमेत सरकारले ध्यान दिएको छैन । झरीमा भिजेर आन्दोलन गर्दा केही किसान बिरामीसमेत परे । त्यसैले हामी अब राजमार्ग केन्द्रित आन्दोलनमा होमिएका हौँ । हामीले अनुदान चन्दा माग्न आएका हैनौँ । हामीले उत्पादन गरेको उखुबाट बनेको चिनीबाट पनि हामीले कर तिरेकाहौ।”आन्दोलनका संयोजक श्यामबाबु रायले बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij