Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

चिकित्सकको सेवा सुविधाका लागि सरकार गम्भीर भएन : उपसभापति धनराज गुरुङ

चिकित्सकको सेवा सुविधाका लागि सरकार गम्भीर भएन : उपसभापति धनराज गुरुङ

काठमाडौँ  :  नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अर्थतन्त्र बलियो बनाएर चिकित्सकका माग पूरा गर्नुपर्ने बताउनुभएको छ ।

प्रजातन्त्रवादी चिकित्सक सङ्घको वार्षिक भेलाको अवसरमा शुक्रबार काठमाडौँमा आयोजित ‘स्वास्थ्य सेवा, पार्टी नेतृत्व र राष्ट्रिय प्रगतिका लागि एकीकृत कदम’ विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले चिकित्सकको सेवा सुविधाका लागि सरकार गम्भीर हुनुपर्ने धारणा राख्नुभएकाे छ ।

“सेवा सुविधा थप गर्ने भन्ने बित्तिकै अर्थतन्त्रसँग जोडिन्छ, देशको अर्थतन्त्र वृद्धि गर्ने थुप्रै क्षेत्र रहेको छ, त्यतातिर लागौँ, उहाँहरूको सेवा सुविधा बढाउन तिर लागौँ,” पूर्वमन्त्रीसमेत रहनुभएका उहाँको भनाइ रहेकाे छ  ।

घरेलु मदिरालगायतलाई कर दायरामा ल्याउन सके अहिले बजेटमा छ खर्ब थप गर्न सकिने भन्दै आफू कानुनमन्त्री हुँदा पटकपटक कानुन बनाउन प्रयास गरेपनि सफल हुन नसकेको बताउनुभएकाे छ। “म कानुनमन्त्री हुँदा घरेलु मदिरालगायत थुप्रै क्षेत्रलाई करका दायरामा ल्याएर देशको अर्थतन्त्र बलियो बनाउन पटकपटक लागेँ तर सफल हुन सकिन,” उहाँको भनाइ रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट