Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

बीमा प्राधिकरणको अध्यक्षमा आवेदन खुल्यो, सात दिनमात्रै समय

बीमा प्राधिकरणको अध्यक्षमा आवेदन खुल्यो, सात दिनमात्रै समय

काठमाडौँ : नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्षका लागि आवेदन आह्वान भएको छ । प्राधिकरणको अध्यक्ष छनोट गर्न गठित सिफारिस समितिले शनिबार यस्तो आवेदन आह्वान गरेको हो ।

बीमा ऐन २०७९ को दफा ८ (१) बमोजिम तोकिएको विषयमा स्नातकोत्तर उत्तीर्ण गरी कम्तीमा ५ वर्ष उच्च व्यवस्थापकीय अनुभव भएको व्यक्तिले अध्यक्षको लागि ७ दिनभित्र आवेदन दिन सक्नेछन् । यसअघिको आह्वानमा १५ दिनको व्यवस्था रहेकोमा यसपटक घटाइएको छ । आवेदन दिन ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको व्यक्ति हुनुपर्ने व्यवस्था गरिएको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना उपाध्यक्ष शिवराज अधिकारीसहित सदस्यको नेतृत्वमा अर्थ मन्त्रालयका सचिव र विज्ञको रुपमा डा. खोमराज खरेल रहेको सिफारिस समिति गठन गरेको थियो ।

536530268_1711439492869296_8422051466388352553_n

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट