Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

लिपुलेकबारे आवाज उठाउनुहुन्छ ? भन्ने प्रश्नमा ओलीको जवाफ - ‘अवश्य उठ्छ’

लिपुलेकबारे आवाज उठाउनुहुन्छ ? भन्ने प्रश्नमा ओलीको जवाफ - ‘अवश्य उठ्छ’

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लिम्पियाधुराबाट भारत—चीनले व्यापार मार्ग खोल्न गरेको सम्झौताबारे आवाज उठाउने बताएका छन् । संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

सञ्चारकर्मीहरूले लिपुलेक, लिम्पियाधुराको सीमा मिचेर भारत र चीनले व्यापार मार्ग खोल्न गरेको सम्झौताबारे आवाज उठाउनुहुन्छ ? भन्दै प्रश्न गरेका थिए । जसमा प्रधानमन्त्री ओलीले अवश्य उठ्ने जवाफ दिए । चीनको तियानजिनमा आयोजना हुने सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन ओली चीन जाँदैछन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij