Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

कालिगण्डकी कोरिडोर सञ्चालनमा

कालिगण्डकी कोरिडोर सञ्चालनमा

रेसुङ्गा :  अविरल वर्षाले अवरुद्ध भएको कालिगण्डकी करिडोर सञ्चालनमा आएको छ । वर्षातको कारण जिल्लाका कालिगण्डकी कोरिडोर र रुद्रवेणी–वामी सडक अवरुद्ध भएका थिए ।

कालिगण्डकी गाउँपालिका–२ को राक्सेमा खसेको पहिरो हटाएपछि सडक सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिनुभयो । सत्यवती गाउँपालिका–६ को डहरेखोलामा पानीको बहाव उच्च भएपछि रुद्रवेणी–वामी सडकखण्ड अवरुद्ध भएको छ ।

राति भएके वर्षापछि सडक अवरुद्ध हुँदा गन्तव्य हिँडेका यात्रु बाटोमा अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij