Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

बुटवलमा जुट्दै विप्लव, जनार्दन र घनश्याम

बुटवलमा जुट्दै विप्लव, जनार्दन र घनश्याम

काठमाडौँ : प्रमुख तीन कम्युनिस्ट पार्टीका तीन नेताहरू एकै मञ्चमा जुट्न लागेका छन् । रुपन्देहीको बुटवलमा आयोजित एक कार्यक्रममा नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’, नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा र नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल एकै मञ्चमा जुट्न लागेका हुन् ।

उनीहरूलाई एउटै मञ्चमा जुटाउने कार्य सहिद बेपत्ता स्मृति प्रतिष्ठानले गर्न लागेको हो । प्रतिष्ठानले तीन नेतालाई एकै मञ्चमा राखेर बिहीबार बुटवलस्थित एसियन होटेलमा अन्तरक्रिया गर्न लागेको हो । वर्तमान राजनीतिक सङ्कट र निकाय विषय अन्तरक्रियाका क्रममा उनीहरूले आ–आफ्नो धारणा राख्न लागेको प्रतिष्ठानको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij