काठमाडौँ : तनहुँको भिमाद नगरपालिका–२ निवासी २३ वर्षीया झग माया थापा हाल काठमाडौँको अन्नपूर्ण न्युरोलोजिकल इन्स्टिच्युट एण्ड एलाईड साइन्स अस्पतालमा हेड इन्जुरीको उपचाररत छिन्।
आर्थिक अवस्था कमजोर भएका कारण उपचार खर्च जुटाउन कठिनाइ भएको अवस्थामा यूएईको दुबईस्थित गोरखा साँझ समूहले उनलाई ३० हजार रुपैयाँ सहयोग गरेको गोरखा साँझका अध्यक्ष भीम मल्ल ठकुरीले जानकारी दिए । यसबारे आफूलाई राज मगरले जानकारी गराएपछि थापालाई ३० हजार रुपैयाँ सहयोग प्रदान गरेको उनको भनाइ छ ।
भिमाद नगरपालिका वडा नं. २ बाट सिफारिससहित विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका–२०७५ अनुसार सहयोगका लागि प्रक्रिया अघि बढाइएकोमा उपचार खर्च थप सहज होस् भन्ने उद्देश्यले गोरखा साँझ समूहले पनि थापालाई उक्त सहयोग उपलब्ध गराएको जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij