सुलीकोट : गोरखामा एक जनामा जापनिज इन्सेफलाइटिस संक्रमण देखिएको छ । जिल्लाको बारपाक सुलीकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङका एक पुरुषमा जापनिज इन्सेफलाइटिस रोग देखिएको हो ।
लामो समयदेखि चितवनतिर बस्दै आएका पुरुष बिरामी भएपछि आफ्ना छोरा बुहारीले घरमा ल्याएर जिल्लामा उपचार गराउँदा ठिक नभएपछि चितवनको नारायणी सामुदायिक अस्पतालमा लगरे चेकजाँच गर्दा जापनिज इन्सफलाइटिस पुष्टि भएको बारपाक सुलीकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोदराज भट्टले जानकारी दिनुभयो ।
पालिकामा जापनिज इन्सेफलाइटिस देखिएपछि गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै सुरक्षित रहन आग्रह गरेको छ । यसबाट बच्न बिभिन्न माध्यबाट पालिकाबासी समक्ष सुचना पुग्ने गरी स्वास्थ्य शाखाका कर्मचारीलाई परिचालित गरिएको पालिकाले जनाएको छ ।
जापनिज इन्सेफलाइटिस क्युलेक्स प्रजातिको लामखुट्टेले पानी जम्ने ठाउँमा फुल पार्ने समय भएकाले यो रोगको संक्रमणको उच्च जोखिम रहेको स्वास्थ्य कार्यालय गोरखाका प्रमुख याम प्रसाद शर्माको भनाइ छ ।
लामखुट्टेले सुँगुर र हाँसलाई टोकेर आफूमा यो रोग सार्छन् अनि सक्रमित लामखुट्टेले मानिसलाई टोकेपछि जापनिज इन्सेफ्लाइटिस रोग लाग्ने गर्छ । यो रोग मान्छेबाट मान्छेमा भने सर्देन । जापनिज इन्सेफलाइटिस रोग लामखुट्टेले टोकेको ६ देखि १६ दिन सम्म रोगको लक्षण देखा पर्ने स्वास्थय कार्यालय गोरखाका प्रमुख शर्माले बताउनुभयो ।
यो रोग लागेपछि बेस्सरी टाउको दुख्ने, उच्च ज्वरो आउने, घाँटी कडा हुने, पक्षघात हुने यस रोगका लक्षण भएको स्वास्थ्य कार्यालय गोरखाका प्रमुख शर्माको दाबी छ । उक्त रोगबाट बच्न झुल टाँगेर सुत्न, सुँगुर हाँस र कुखरालाई घर भन्दा टाढा पाल्न, खेतबारीमा काम गर्दा लामो कपडा लगाउन र घर वरीपरीको रहेका खाल्डा खुल्टी हुन नदिने यसरोगबाट बच्ने प्रमुख उपाय भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij